प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा 'फायर' - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा ‘फायर’



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले माघ २३ गते काठमाडौंमा गर्ने भनेको आमसभास्थगित गरेको सूचना सामाजिक संजालमा छ्यापछ्याप्ती भएपछि ओलीपक्ष भने आश्चर्यमा परेको छ ।

रोचक कुरा त के छ भने प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डल दुरुपयोग गरेर पटक पटक विवादमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकबाट यस्तो सुचना लेखिएको ‘स्क्रिनसट’ सामाजिक संजालमा भाइरल बनाइएको छ ।
आफ्नो फेसबुकमा लेखिएको पाइएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा फायर भएका छन्। उनले साइबर अपराधीले यस्तो झुटो खबर फैलाएको भन्दै आपत्ति जनाएका छन्।

उनले फेसबुकमै लेखेका छन्, ‘मेरो फेसबुक आइडीलाई स्क्रिन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो आपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु।’

उनले अगाडि लेखेका छन्, ‘निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने सबैमा स्पष्ट गर्दछु। साथै, यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न म सम्बद्ध सबैमा अनुरोध पनि गर्दछु।’