'किसानको तरकारी सडकमा फालेर प्रचण्ड-नेपालले तमासा देखाए' - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

‘किसानको तरकारी सडकमा फालेर प्रचण्ड-नेपालले तमासा देखाए’



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधवको रवैयामाथि कडा टिप्पणी गरेका छन् । ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेर उनीहरूको रोजीरोटी खोसेको भन्दै प्रचण्ड-माधव समूहको चर्को आलोचना गरेका छन् ।

उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाए । किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दु:ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’

उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’ ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गरे ।

उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस ? गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’

उनले प्रचण्डलाई पहिलेजस्तो संविधान-कानून मान्दिनँ भनेर उपद्रव नमच्चाउन चेतावनी दिए ।