अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्ने व्यवस्था - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्ने व्यवस्था



काठमाडौं- आजबाट अनलाइन प्रणालीबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न सकिने भएको छ। काठमाडौं उपत्यकामा ट्राफिक कारबाहीमा परे अब जरिवाना रकम अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

ट्राफिक नियम उल्लंघनका जरिवानाको रकम अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको बताइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भुक्तानी प्रणालीलाई सहज बनाउनका लागि अनलाइन सेवा सुरु गरेको हो ।

अनलाइन प्रणाली सुरु भएसँगै ट्राफिक प्रहरी र सेवाग्राही दुवैलाई सहज हुने महाशाखाको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो। यो अनलाइन सेवाको आजै औपचारिक उद्घाटन हुँदै छ।

टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ। सवारी चालकलाई सहज होस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महाशाखाले जनाएको छ।

यसअघि जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता थियो। जसको कारण चालकले धेरै समय र झन्झट भोग्नु पर्थ्यो।