बादलले देख्न थाले फेरि दुई तिहाई ल्याउने सपना - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

बादलले देख्न थाले फेरि दुई तिहाई ल्याउने सपना



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चुनावबाट दुई तिहाइ ल्याउने सपना देख्न थालेका छन् ।

एक कार्यक्रममा उनले आगामी वैशाखका लागि तोकिएको चुनावबाट उनले चुनाव जित्ने मात्र दाबी गरेनन्, आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने समेत दाबी गरे।

नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले ताजा जनादेशका लागि तोकिएको निर्वाचनबाट आफूहरुले दुई तिहाई बहुमत ल्याउने जिरिक गरे।

उनले आफूहरुको पार्टीले बहुमत ल्याएर देशलाई स्थिरता दिने बताए। उनले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने पनि बताए।

कार्यक्रममा पूर्व सांसद जितवीर लामा र राजनीतिककर्मी कमानसिंह लामा नेकपामा प्रवेश गरेका थिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नागरिक अगुवासहित विभिन्न राजनीतिक दलहरुले विरोेध गरिरहेका छन्।