प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा



काठमाडौं- सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।

त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्री ओलीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। प्रधानमन्त्री ओलीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको निवेदनमा भनिएको छ।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालतको समेत मानमर्दन गरी अपहेलना गरेकाले निवेदन हालेको न्यौपाने बताएका छन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा बहस गर्ने अधिवक्तालाई दुर्मुखा एवं वकिलले कुरा फिटेकै फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा गर्न के तमासा गरेको हो? भन्दै टिप्पणी गरेका थिए।