रहस्यमय तरिकाले बढ्यो अमेरिकी राजदूत बेरीको सक्रियता - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

रहस्यमय तरिकाले बढ्यो अमेरिकी राजदूत बेरीको सक्रियता



काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सक्रियता बढाएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै उनको सक्रियता रहस्यमय तरिकाले बधेको छ ।

लामो समय चुपचाप रहेका बेरीले सोमबार भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटिसकेका छन् ।

बाइडेन प्रशासनको विश्वव्यापी प्राथममिकताहरुका बारेमा नेपाली राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र देउवासँग भेटेको अमेरिकी राजदूतावासले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएर दलहरु आन्दोलनमा रहेको बेला प्रचण्ड र देउवालाई भेटेर बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धता व्यक्त गरेका छन्।

बिहीवारमात्रै बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बाइडेन प्रशासनको प्राथमिकताका बारेमा जानकारी दिएका थिए।