केहि मानिसहरू चुनावदेखि तर्सिएका छन्: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

केहि मानिसहरू चुनावदेखि तर्सिएका छन्: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्वत ढंगले नै आफूले प्रतिनिधिसभा बिघटन गरेको जिकिर गरेका छन्।

‘संविधानसम्वत ढंगले अहिलेको संविधानअनुसार नै मैले प्रतिनिधिसभा विघटन गरेको हुँ’ दाङमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केही मान्छेहरू निर्वाचन नहोस् भन्ने चाहन्छन्। किनकि उनीहरू जनतामा जान डराएका छन्। गए भने त जनताले धुलो चटाइदिन्छन्।’

‘केही मान्छेहरू बैठकमा नआएर, चोकचौतारमा बसेर अध्यक्ष बनाएका थिए, निर्वाचन आयोगले अध्यक्षसध्यक्ष खतम पारिदियो ‘ उनले माधव नेपालप्रति व्यंग्य गर्दै भने, ‘केपी ओलीलाई साधारण सदस्यबाटै निकालिदिए रे! तपाईंहरूलाई कुरा सुन्दा हाँस्न मन लागेन?’