यशराज र शाहरुखको सेटमा कुटाकुट - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

यशराज र शाहरुखको सेटमा कुटाकुट



एजेन्सी- बलिउड अभिनेता शाहरुख खान लफडामा परेका छन । चलचित्र सुटिङका क्रममा हात हालाहाल भएको बताइएको छ । चलचित्र ‘पठान’को छायांकन सेटमा ठूलो झगडा भएको छ।

घटनापछि यश राज स्टुडियोमा सुरक्षा कडा गरिएको छ भने आदित्य चोपडाले त्यसको छानबिन गर्न आदेश दिएका छन्।

भारतीय अलनलाइन बलिउड हंगामाका अनुसार पठान टिमले वादविवाद मात्रै भएको भनेर सामसुम पार्न खोजे पनि त्यहाँ हात हालाहाल नै भएको र कतिपयलाई चोटपटक नै लागेको दाबी गरेको छ।

स्रोतलाई उधृत गर्दै उसले लेखेको छ, ‘यशराज प्रोडक्सन र शाहरुख खानको सेटमा यसअघि यस्तो कहिल्यै भएको थिएन। यो उनीहरूको सेटमा अनुशासन उल्लंघन भएको अत्यन्तै दुःखलाग्दो घटना हो। आदित्यले यसलाई सामान्य रूपमा लिएका छैनन्, उनले घटनाको छानबिन गर्न आदेश दिइसकेका छन्।’

अभिनेता खान सेटमा रहेका महिलाका विषयमा चिन्तित रहेको बताइएको छ। चलचित्र निर्माताका एक साथीले भनेका छन्, ‘हामी सेटमा पुरुषहरू यसरी झगडा गरेको सहन सक्दैनौं। यो कुनै बियर बार होइन।’

तर के कारण झगडा भएको भन्नेलगातय विस्तृत कुरा समाचारमा खुलाइएकाे छैन।