प्रचण्डको आरोप: ओलीले राजतन्त्र ल्याउने सुरूवात गरे
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउने सुरूवात गरेको आरोप लगाएका छन ।
उनले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।
प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरे ।
‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।