अक्षय कुमारले सुरु गरे अयोध्यामा राम मन्दिर बनाउने अभियान - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

अक्षय कुमारले सुरु गरे अयोध्यामा राम मन्दिर बनाउने अभियान



काठमाडौं- अभिनेता अक्षय कुमारले अयोध्यामा राम मन्दिर बनाउन सहयोगका लागि शुक्रबार राष्ट्रव्यापी अभियान थालेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक भिडिओ सेयर गर्दै अक्षयकुमारले आफूले आफ्नो भागको सहयोग गरिसकेको उल्लेख गरेका छन्।

‘अयोध्यामा भगवान रामको विशाल मन्दिर बनाउने काम सुरू हुनु निकै खुसीको कुरा हो। अब यसमा योगदान गर्ने हाम्रो पालो हो। मैले सुरू गरिसकें, आशा छ तपाईंहरूले पनि गर्नुहुनेछ। जय श्रीराम,’ उनले लेखेका छन्।

२०२० को दिवालीमा अक्षयकुमारले फिल्म ’राम सेतु’ को घोषणा गरेका थिए। अभिषेक शर्माको निर्देशनमा बन्ने यो फिल्मले राम सेतु पुलको कथामाबन्ने छ ।

गत डिसेम्बरमा अक्षयकुमारले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर ’राम सेतु’ फिल्मबारे छलफल गरेका थिए।