पूर्व राज्यमन्त्री दुगड प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं – पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाएका दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा ओलीका विशेष आर्थिक सल्लाहकार थिए । खतिवडालाई अमेरिकाको राजदूत बनाएपछि उनको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएको बताइएको छ ।
यसअघि राज्यमन्त्रीबाट फिर्ता बोलाएका दुगडलाई अब मन्त्री सरहको सेवा सुविधा दिनेगरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको छ ।