भूकम्प लगत्तै इन्डोनेसियामा ठुलो ज्वालामुखी विस्फोट: ५ किलोमिटर सम्म खरानी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

भूकम्प लगत्तै इन्डोनेसियामा ठुलो ज्वालामुखी विस्फोट: ५ किलोमिटर सम्म खरानी



एजेन्सी- शक्तिशाली भूकम्प गएको एक दिन नबित्दै इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको हो।

स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विस्फोटका कारण धुवाँको मुस्लोसहित ५ किलोमिटर परसम्म खरानी तथा लाभा छरिएका छन्। जाभा, इन्डोनेसियाको सबैभन्दा घनाबस्ती भएको टापु हो।

विस्फोटपछि इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुम आसपासका बासिन्दालाई सतर्क रहन भन्दै चेतावनी जारी गरेको छ।

यसअघि शुक्रबार इन्डोनेसियाकै सुलेवसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो। जसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने ८२० जना घाइते भएको समाचार समाचार संस्था रोयटर्सले जनाएको छ। साथै १५ हजार मानिस घरविहीन भएका छन्।