देउवाले दिए बधाई - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

देउवाले दिए बधाई



काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विरोध कार्यक्रममा खट्ने सबैलाई बधाई दिएका छन् । उनले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

‘गाउँ/नगर कार्यसमितिका साथीसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु’, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले गत पुस १३ र पुस २५ को पार्टीको प्रदर्शनमा झैंँ आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरे ।

सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु-याउने सञ्चारकर्मीमा पनि काँग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गरे । काँग्रेस अब माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा पनि विरोध प्रदर्शन गर्दै छ ।