परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता



काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भारत भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेटेका हुन् ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाली राजदूत निलाम्बर आचार्य पनि सहभागि थिए । भेटपछि ट्वीट गर्दै सिंहले ज्ञवालीसिंह फलदायी छलफल भएको उल्लेख गरेका छन् ।

दिल्लीस्थित नेपाली दुतावासका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास भैरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । शनिबार विहानै ज्ञवालीले नेपाली दुतावासमा भारतीय पत्रकारसँग छलफल गरेका थिए । जहाँ उनले ऐतिहासिक तथ्य र सुगौली सन्धीका आधारमा नेपालले नयाँ नक्सा प्रकाशित गरेको बताएका थिए ।

शुक्रबार परराष्ट्रमन्त्रीस्तरिय नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको थियो । बैठकमा नेपाली परराष्ट्रमन्त्री ज्ञवाली र भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर सहभागि थिए ।