फेरि भोक हड्ताल गर्ने अन्ना हजारे तयारी: मोदीमाथि आरोपै आरोप
काठमाडौं- भारतका भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन ।
फेरि भोक हड्ताल गर्ने चेतावनी दिँदै हजारेले मोदीलाई पत्र लेखेका हुन् । उनले किसानहरुका मागहरु पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन्।
यसअघि उनले सन् २०१८ र २०११ मा दिल्लीमा लोकपाल विधेयक माग गर्दै भोक हड्ताल गरेका थिए।
उनले प्रधानमन्त्री मोदीलाई कैयौं पटक पत्र पठाएको तर त्यसको जवाफ भने कहिलै नपाएको गुनासो गरेका छन् । मोदीलाई पठाइएको पत्रमा हजारेले अहिलेसम्म पाँच पटक प्रधानमन्त्रीलाई चिठ्ठी लेखेको उल्लेख गरेका छन्।
‘सरकारले न त चिठ्ठीको जवाफ दियो न त किसानहरुका माग पूरा गर्न चासो देखायो’, हजारले भनेका छन्, ‘त्यसैले फेरि भोक हड्ताल गर्ने निर्णयमा पुगेको छु।’
उनले सरकारको उदासिनताकाविरुद्ध आफूले हड्ताल गर्ने बताएका छन् । आफूले जनवरीको अन्त्यतिर दिल्लीको रामलीला मैदानमा भोक हड्ताल गर्ने पत्रमा उल्लेख गरेका छन्।उनले यो आफ्नो अन्तिम भोक हड्ताल होस् भन्ने कामनासमेत गरेका छन्।