'प्रचण्ड-माधवभन्दा केपी ओली असल' - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

‘प्रचण्ड-माधवभन्दा केपी ओली असल’



काठमाडौं- चोटिला लेखक खगेन्द्र संग्रौलाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको ढुलमुले बानीको कडा आलोचना गरेका छन्।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको भन्दै उनले प्रचण्ड र नेपालविरुद्ध कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै संग्रौलाले ‘देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएछन्,यी सत्तालोलुपभन्दा सत्तालोलुप ओली नै असल’ लेखेका छन्।

उनले लेखेका छन्, ‘भष्मासुर ओलीका तरबारको तोडले सत्ता यिनको पहुँचदेखि सात डाँडापारि पुग्या छ। तैपनि पुकदा (पुष्पकमल दाहाल) –माकुने (माधवकुमार नेपाल) ले देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएछन्, यी सत्तालोलुपभन्दा त सत्तालोलुप ओली नै असल। ओली ढाँट्दैनन्, ओलीका यी कार्बन कपी ढाँट्न असफल प्रयास गर्छन्। हैट्, हल्लुँड हो !’