निर्वाचन आयोगलाई पत्र: ओलीलाई हटाएर नेपाललाई अध्यक्ष राख्नु - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

निर्वाचन आयोगलाई पत्र: ओलीलाई हटाएर नेपाललाई अध्यक्ष राख्नु



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई पत्र बुझाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तरिम विधानअनुसार कारबाही गरिएकाले अनुसूचीअनुसार सुधार, आधिकारिकता दाबी आवश्यक नरहेको बताएको छ ।

केही दिनअघि आयोगले विभाजित दुवै समूह, पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल र केपी ओली समूहलाई पत्र लेखेको थियो । प्रक्रिया नपुगेकाले सुधार गर्न भनेको थियो ।

प्रचण्ड नेपाल पक्षका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, मुक्ति प्रधानसहितको समूह गएर आधिकारिकता दाबी गर्नुनपर्ने, विधानअनुसार अनुशासनको कारबाही गरेर अध्यक्ष मात्रै परिवर्तन गरेको बताएको हो ।

“प्रचण्ड र ओली समूहले पठाएको पत्र अलि मिलेन, दुवैलाई सुधार गरेर ल्याउनुस् भनेको थियो । हामीले त्यो सुधार गर्न जरुरी छैन । केपी ओलीको ठाउँमा माधवकुमार नेपाललाई चयन गरेका हौँ । हाम्रो निर्णय विधानको धारा ६० अनुसार छ । हामी बहुमतमा छौं भनेर आयोगलाई पत्र बुझाएका छौं,” प्रधानले भने ।