संसद विघटनविरुद्ध संविधानसभा सदस्यहरूले चलाए हस्ताक्षर अभियान - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

संसद विघटनविरुद्ध संविधानसभा सदस्यहरूले चलाए हस्ताक्षर अभियान



काठमाडौं- संसद विघटनविरुद्ध संविधान निर्माण गरेका संविधानसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।

यो अभियानमा पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य बनेकाहरुलाई हस्ताक्षर गराइने बताइएको छ।

संविधानसभा सदस्य मञ्च, नेपालले हस्ताक्षर अभियान सुरु गरेको बताइएको छ। बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कुनै प्रावधान नभएकोले प्रधानमन्त्री ओलीले संविधान मिच्न खोजेको आसयमा यो अभियान सुरू गरिएको हो ।

प्रधानमन्त्रीको अहिलेको कदमविरुद्ध हस्ताक्षर गर्न चाहने संविधानसभाका सदस्यहरुको हस्ताक्षर गर्न आह्वान गरिएको छ । मञ्चले हस्ताक्षर संकलन सकिएपछि राष्ट्रपति र सभामुखलाई उक्त हस्ताक्षर बुझाउने कार्यक्रम राखेको छ।

अभियानमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत १८ जना संविधानसभाका सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्।