प्रचण्ड-नेपाल किन पुगे निर्वाचन आयोग ?
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
आयोगले निर्वाचनसम्वन्धी प्रक्रिया अगाडि बढाएको, पुस २३ गते पठाएको पत्रबारे छलफल गर्न दुवै अध्यक्षहरु आयोग पुगेका हुन् ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेको भन्दै अध्यक्षद्वयले आपत्ति जनाउँदै आएका छन् । अहिले दुवै अध्यक्ष बहादुर भवन पुगेका छन् ।
प्रचण्ड–माधव समूहले संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । प्रचण्ड–माधव समूह अहिले सडक आन्दोलनमा छ ।
हिजो यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।