कार्यकर्तालाई ओलीको लिखित सर्कुलर: स्थानीय तहसम्म प्रभाव र प्रभुत्व बढाउनु - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कार्यकर्तालाई ओलीको लिखित सर्कुलर: स्थानीय तहसम्म प्रभाव र प्रभुत्व बढाउनु



काठमाडौं- पार्टी बिभाजन हुनासाथ प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहलाई लिखित सर्कुलर गरेका छन् । १६ पृष्ठ लामो सर्कुलर हारी गर्दै उनले आन्दोलनको रक्षाका लागि लिनु परेको चुनौतीपूर्ण निर्णय भनेका छन् ।

ओलीले पुस ११ गते यस्तो निर्देशन कार्यकर्तामाझ पठाएको बुझिएको छ । निर्देशनमा ओलीले प्रतिनिधिसभा विघटनपछिको अवस्थाका बारेमा समेत लेखेका छन् ।

प्रधानमन्त्री ओलीले ओलीले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभाव झन् बढ्नुपर्ने निर्देशन समेत गरेका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनगरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको हो। यसपछि देखिएको अवस्था नेकपाका दुवै खेमालाई भने त्यति सहज छैन ।

बहुमतको सरकार हुँदाहुँदै संसद भङ्ग गरेर मध्यावधि चुनावको घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेका बेला ओलीले स्थानीय तहमा आफ्नो प्रभाव र प्रभुत्व बढ्नुपर्ने भन्दै सर्कुलर गरेका छन् ।

ओलीले पठाएको सर्कुलरमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ। ओलीले सर्कुलरमा प्रतिनिधिसभा विघटनलाई चुनौतीपूर्ण निर्णयसमेत भनेका छन ।

‘हामीले के गर्यौँ, के गरिरहेका छौँ र के गर्न चाहेका छौँ भन्ने कुराको समष्टिगत जानकारीसँगै जनतामा फैलाउन खोजिएको नकारात्मकता, घृणा र वितृष्णाको मनोविज्ञान चिरिँदै जानेछ’, ओलीले भनेका छन्, ‘आन्दोलनको रक्षाका लागि लिनु परेको यस चुनौतीपूर्ण निर्णयको औचित्यबारे सार्वभौम नेपाली जनताले आवश्यक समझदारी राख्ने छन् र उचित फैसला गर्नैछन। उच्च मनोबलका साथ अगाडि बढौँ।’