जब प्रधानमन्त्रीले राष्ट्रिय सभामा आफ्नो मर्यादा बिर्सिए - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

जब प्रधानमन्त्रीले राष्ट्रिय सभामा आफ्नो मर्यादा बिर्सिए



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकको सम्बोधनको क्रममा सामान्य मर्यादा भन्दा बाहिर गएर रोष्टममै थुकेका छन् ।

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा बोल्दाबोल्दै थुकेका थिए । ओलीले राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्ने क्रममा रोष्टममा थुकेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

यसअघि प्रतिनिधिसभाको बैठकमा उभिन नसकेर बसेर सम्बोधन गरेका उनले राष्ट्रियसभाको बैठकमा थुकेका हुन् । संसद विघटन गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले संसद बैठकमै थुकेपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

संसद भवनभित्र त्यो पनि रोष्टममा बोलिरहेको बेला थुक्नु सामान्य मर्यादाभन्दा बाहिरको कुरा मानिन्छ । यसअघि कांग्रेस नेता अर्जुन नरसिंह केसीले सदनमा खैनी खाएर थुकेको हल्ला चल्ने गरेको थियो ।