धम्की बन्द गर्न र आफ्नो सीमाभित्र बस्न ओलीलाई नेकपाको चेतावनी - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

धम्की बन्द गर्न र आफ्नो सीमाभित्र बस्न ओलीलाई नेकपाको चेतावनी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सीमामा रहन चेतावनी दिएको छ ।

आइतबार पेरिसडाँडमा बसेको बैठकले ओलीको पछिल्लो चरित्र अधिनायकवादी र निरंकुश कदम ठहर गर्दै त्यस प्रकारको कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

यस्तो चेतावनी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्रलाई अधिनायकवादी र निरंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य रोक्न निर्देशन दिएको छ,’’ बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने ।

चारजना पूर्वन्यायाधीशहरुले जारी गरेको वक्तव्यप्रति ओलीले अपमान र धम्क्याउने काम गरेको भन्दै भर्त्सना गरेको पनि श्रेष्ठले बताए ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सरकारी सञ्चारमाध्यम गुटको पर्चाजस्तो बनिरहेको भन्दै भर्त्सना गरेको छ । गुटको काम बन्द गर्न माग पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।