विश्वप्रकाशले प्रधानमन्त्रीलाई पठाए निर्मला पन्तको तस्विर - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

विश्वप्रकाशले प्रधानमन्त्रीलाई पठाए निर्मला पन्तको तस्विर



काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको फोटो उपहरा पठाएका छन् । शर्माले संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर प्रधानमन्त्रीलाई पठाएका हुन् ।

शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान र निर्मला पन्तको तस्वीर पठाएका थिए ।

गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमा नभएको धाराको प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेको कांग्रेसको आरोप छ । संविधान राम्रोसँग पढ्नको लागि संविधान पठाइएको शर्माले बताए ।

यस्तै शुक्रबार धनगढीमा भएको ओलीपक्षीय भेलाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओली पुगेको कार्यक्रममा निर्मला पन्तलाई न्याय खोई ? लेखेको टिसर्ट लगाएकाहरूलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरुप निर्मला पन्तको तस्वीर पठाइएको हो ।

संविधान र निर्मला पन्तको तस्बिरसहित उहाँले रोगले मरेका राजु सदा र भोकले मरेका सुर्यबहादुर तामाङको तस्वीर पनि पठाएका छन् । शर्माले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि गरेका छन् ।

प्रेस युनियनका काठमाडौंका अध्यक्ष दुलालले आइतबार हुलाकमार्फत संविधान र तीनजनाको तस्वीर प्रधानमन्त्रीलाई पठाउने जानकारी दिए ।