केहिदिनमा ओली प्रधानमन्त्रीबाट खारेज भएको खबर आउँछ: नेपाल - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

केहिदिनमा ओली प्रधानमन्त्रीबाट खारेज भएको खबर आउँछ: नेपाल



काठमाडौं- नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली झुटको अर्को नाम भएको टिप्पणी गरेका छन्।ओली घमण्ड, दम्भ, झुटको अर्को नाम भएको टिप्पणी गर्दै नेता नेपालले, ‘नेकपा आफूसँग रहेको भनेर उहाँ झुट बोल्दै हिँड्नु भएको छ। बहुमत सदस्य हामीसँग छ अनि पार्टीको लेगेसी कसरी अरुसँग हुन्छ ?’ उनले प्रश्न गरे ।

चार सय ४१ जनाको केन्द्रीय समितिमा साढे तीन सय जना सदस्य हामीसँग छन शनिबार कर्जन्हामा किसान नेता जयगोविन्द साहको ३१ औं स्मृति सभा सम्वोधन गर्दै अध्यक्ष नेपालले भने ,‘बहुमत प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्य हामीसँग हुँदा पनि प्रधानमन्त्रीले झुठ बोल्दै हिँडिरह्नु भएको छ ।’

१ सय ७३ जना प्रतिनिधिसभा सदस्य मध्ये ९५ जना आफूहरुसँग रहेको उनले दाबी गरे ।‘साढे तीन सय सदस्य जोसँग छन् पार्टी उनको हुने कि एक सयवालाको हुने ? ‘नेकपा हामी साढे तीन सय वालाकै पार्टी हो, एक सयवालाको होइन।बहुमत हामीसँग छ।ओलीसँग घमण्ड, दम्भ र झुट छ’, उनले भने।

ओलीले आफूलाई घेराबन्दी गरे, काम गर्न दिएनन् भनेर प्रचार गरेका छन् त्यो सबै झुटा भ्रम मात्र भएको नेता नेपालको भनाई छ। ‘राम्रो काम गर्नेलाई कसैले रोक्न नसक्ने उल्लेख गर्दै नेपालले भने, ‘यो झुटको पुलिन्दा पस्केर जनतामा भ्रम पार्ने प्रयास मात्र हो ।’

प्रतिनिधिसभा विघटन गरिसकेका प्रधानमन्त्री कामचलाउ भैसकेपनि आफूलाई प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गरिरहेको उनले टिप्पणी गरे। ‘अब चाँडै उहाँको प्रधानमन्त्रीबाट खारेजीको खबर आउँछ।उहाँलाई पद्मा बस्ने कुनै संवैधानिक आधार नै छैन्’, उनले भने ।’

दुर्योधन र भष्मासुर प्रवृतिको ओलीले कतिबेला कसलाई भष्म विश्वास नभएको नेपालले बताए।पार्टीको नीति, निर्णय, विधान संविधान मनाउन धेरै पर्यास गर्दा पनि पार नलागेपछि ओलीलाई पार्टीबाट अलग्याउन बाध्य भएको नेपालले दाबी गरे।