ओलीको प्रश्न: अदालतमा जागिर खाएको भरमा धम्क्याउने ? - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

ओलीको प्रश्न: अदालतमा जागिर खाएको भरमा धम्क्याउने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाएका छन् । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतलाई नधक्याउन सचेत गराएका हुन् ।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

उनले अघि भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गरे । प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘

आफूहरुले कहिल्यै न्यायपालिकाविरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको उनले बताए ।