प्रधानमन्त्री ओलीले भने: ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहियो
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा भएको युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले महान जनयुद्ध कुहिएको बताएका हुन् ।
“केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !,” उनले भने, “यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।”