गाँजा खेतीको लाइसेन्स दिए ओलीले बहुमत ल्याउँछन्: केशव स्थापित - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

गाँजा खेतीको लाइसेन्स दिए ओलीले बहुमत ल्याउँछन्: केशव स्थापित



काठमाडौं- बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव स्थापितले गाँजा खेतीका लागि सरकारले लाइसेन्स दिएको खण्डमा केपी शर्मा ओलीलाई जनताले फेरी बहुमत दिने दाबी गरेका छन् ।

उनले गाँजा खेतीको लागि ओली सरकारले अध्यादेश मार्फत भएपनि अनुमति दिनुपर्ने बताए ।

उनले गाँजा खेतीका लागि लाइसेन्स दिनका लागि आवश्यक प्रवन्ध गर्न पनि प्रधानमनन्त्री केपी शर्मा ओलीसँग माग गरे ।

शनिबार राजधानीमा ओली पक्ष निकट राष्ट्रिय युवासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले जनयुद्ध भएको क्षेत्रका जनतालाई गाँजा खेतीको लाइसेन्स दिने हो भने उनीहरुले प्रचण्ड–माधव नेपालको साथ छोड्ने समेत दावी गरे ।

अध्यादेश मार्फत सरकारले गाँजा खेती खुला गर्ने हो भने केपी ओली नेतृत्वको नेकपालाई जनताले फेरि बहुमत दिने उनको दावी थियो ।