सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन्, चुनावको विकल्प छैन: देउवा - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन्, चुनावको विकल्प छैन: देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संसद विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको बताएका छन् ।

संसद विघटनको विरोधमा शनिबार काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले अदालतले चुनाव गराउने निर्णय गरेको खण्डमा सबैले भाग लिने भन्दै भने, “प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।”

अदालतको निर्णय कांग्रेसले मान्ने भन्दै उनले अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने जानकारी दिए । उनले भने, “सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?”

सभापति देउवाले ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने बताए ।

संसद विघटन संविधान विरोधी कदम भएको बताएका उनले अदालतमा विचाराधीन मुद्दा भएकाले जुलुस निकालेर यो गर, वा त्यो गर भन्न नहुने धाराणा राखे ।

यद्यपि उनले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रजातन्त्र विरोधी भएको बताए ।