काठमाडौंमै श्रीमान-श्रीमती मृत फेला - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

काठमाडौंमै श्रीमान-श्रीमती मृत फेला



काठमाडौं- टोखामा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । टोखाको ग्रिनभिला हाउजिङ्गमा उनीहरू मृत फेला परेका हुन्।

श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुण्डिएको अवस्थामा र उनको श्रीमान आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

टोखा नगरपालिका ३ स्थिति ग्रिनभिला हाउजिङ्गमा खगेन्द्र सुवेदीको साढे दुइ तले घरको पहिलो तलामा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ की सुदिक्षा गिरी सोही कोठाको बाहिरपट्टि झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

भित्र कोठाको ओछ्यानमा उनका श्रीमान ३३ वर्षका उमेश केसी पनि मृत फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ८.४० मा उक्त घटनाका बारेमा खवर आए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।