राजवादी र हिन्दूवादी शक्तिहरुलाई भारतले सहयोग गरेको खुलासा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

राजवादी र हिन्दूवादी शक्तिहरुलाई भारतले सहयोग गरेको खुलासा



काठमाडौं- नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक मामिला विज्ञ एस डि मुनिले भारतले नेपालमा हटाइसकिएको राजतन्त्रको नेतृत्वमा हिन्दूवादी शक्तिहरुलाई सहयोग गरिरहेको खुलासा गरेका छन् ।

मुनिले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास गरिरहेको समेत दाबी गरेका छन् ।

लामो समयदेखि नेपाल–भारत सम्बन्धका जानकार रहेका मुनिले भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै यस्तो खुलासा गरेका हुन् । उनले नेपालमा चुनाव हुनुपर्छ भन्ने पक्षमा भारत खुलेर लागेको समेत दावी गरेका छन् ।

मुनिले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ समीकरण बनाउने प्रयास भैरहेको भन्दै पछिल्ला सबै घटनाक्रमको विचमा भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको बताएका छन् ।

मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालका हिन्दुवादीको आन्दोलनलाई मलजल गरिरहेको उल्लेख गरेका छन् ।

मुनिले भनेका छन्, ‘भारतलाई नेपालमा एक गैरप्रजातान्त्रिक, असंवैधानिक र अवसरवादी प्लेयरको रुपमा चित्रित गर्नेछ र साउथ ब्लकका रणनीतिकारले भने यसलाई ठूलो उपलब्धी पाउन चुकाइएको थोरै मूल्यको रुपमा सोचेका छन् ।’

उनले भारत सो सन्धी परिमार्जनको पक्षमा रहेको नेपालले भारतको सुरक्षा चासो र आफ्नो विकास आकांक्षाको बारेमा कसरी सन्तुलन कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट पार्न नसकेको उल्लेख गरेका छन् ।