डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउने तयारी - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउने तयारी



काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुखद बहिर्गमन हुने भएको छ । अहिले ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउने तयारी भएको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभकी सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले राजीनामा नदिएमा महाअभियोग लगाउने तयारी भइरहेको बताएकी छन् । त्यहाँका संचार माध्यमले डेमोक्रेट सांसदहरुले सोमबार महाभियोगको प्रस्ताव ल्याउने तयारी गरेको उल्लेख गरेका छन् ।

ट्रम्प समर्थकले गरेको अमेरिकी संसदभित्रको हिंसापछी ट्रम्पलाई कार्यकाल सकिनु अघि पद छोड्न दबाब बढिरहेको छ । अमेरिकी राजधानीमा भएको हिंसामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको छ ।

अहिले ट्रम्पले आफै राजीनामा दिने, उपराष्ट्रपतिले संबिधानको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई हटाउने र महाअभियोग लगाउने विषयमा व्यापक चर्चा भइरहेको छ । तर ट्रम्पको कार्यकाल अब जनवरी २० सम्म मात्र रहेपनि उनका ह्वाइटहाउसमा दिनहरु मुश्किलले बितिरहेको देखिएको छ । समय कम भएकाले डेमोक्रेटहरुले फास्ट ट्रयाकमा महअभियोग लगाउने तयारी गरिरहेको बताएका छन् ।

सभामुख पेलोसीले महाअभियोग लगाउन सबै उपाय अपनाइने बताएकी छन् । पेलोसीले सबैले ट्रम्पले तुरुन्त राजीनामा दिउन भन्ने चाहेको र उनले राजीनामा नदिए महाअभियोग लगाउने बताएकी छन् ।

यस अघि सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सलाई संबिधानमा २५औ संशोधनले गरेको व्यवस्था लागु गरेर राष्ट्रपतिलाई हटाउन आग्रह गरेकी छन् ।

ट्रम्पलाई यस पटक महाअभियोग लगाइएमा यो उनीमाथि दोस्रो महाअभियोग हुने छ । यस अघि गत फेब्रुअरीमा लगाइएको महाअभियोग असफल भएको थियो ।

सन् १९६७ देखि प्रयोगमा ल्याइएको २५ औं संशोधन, सन् १९६३ मा राष्ट्रपति जोन एफ केनेडीको हत्या पछि बनाइएको थियो र यसमा राष्ट्रपतिको असक्षमता र पदबाट हटाउने सम्बन्धी व्यवस्था रहेको छ । संविधानको भाग ४ अनुसार यदि राष्ट्रपतिले आफ्नो कार्य गर्न असफल भए र पदबाट आफैं हट्न अस्वीकार गरे यस कानुन प्रयोग गरि हटाइनेछ ।

२५औं संशोधनका निर्माताहरुले यदि राष्ट्रपति, शारीरिक र मानसिक रुपमा असक्षम भएको खण्डमा प्रयोग हुने बताएका थिए । तर विश्लेषकहरुले यदि राष्ट्रपति उक्त पदमा बस्न लायक नभए पनि यस कानुन लागु हुने बताएका छन् ।

२५ औं संशोधन लागु हुन उप राष्ट्रपति माइक पेन्स र ट्रम्पका सांसदहरुले ट्रम्प राष्ट्रपति हुन अयोग्य भएको पुष्टि गर्नुपर्ने हुन्छ र उनीहरुले यदि ट्रम्पले आफ्नो कार्य वा कर्तब्य पुरा गर्न असक्षम रहेको घोषणा गरे भने ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन मिल्नेछ ।