आयो बत्ति जाने सुचना: काठमाडौंका दुई दर्जन स्थानमा लामो समय बत्ति नआउने
काठमाडौं- शनिबार काठमाडौंका विभिन्न स्थानमा लामो समय लाइन जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा लामो समयसम्म बिजुली बन्द गरिने सुचना जारी गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो।
![](https://himalpost.com/wp-content/uploads/2021/01/suchanabi-768x572.jpg)