बाइडेनको शपथग्रहण ट्रम्पले बहिस्कार गर्ने - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

बाइडेनको शपथग्रहण ट्रम्पले बहिस्कार गर्ने



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन्।

जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिँदैछन्।

‘मलाई थुप्रैले सोध्नुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु– जनवरी २० को अभिषेक समारोहमा म जाने छैन,’ ट्रम्पले ट्विट गरेका छन्।

निर्वाचनमा हार बेहोरेपछि ट्रम्पले त्यसलाई स्वीकार गर्न सकिरहेका छैनन्। उनले चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्।

बुधबार उनको उक्साहटमा भीडले संसदमा बाइडेनको जितको प्रमाणीकरण प्रक्रिया अवरुद्ध गरेपछि ट्रम्प संकटमा परेका छन्। उनका पार्टी र उपराष्ट्रपति माइक पेन्सले समेत उनको साथ छाडेका छन्।