मैले एकजना पनि आफन्तलाई नियुक्ति दिएको छैन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

मैले एकजना पनि आफन्तलाई नियुक्ति दिएको छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले प्रचण्डलाई कटाक्ष गरेका थिए ।

उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए ।

उनले ५० वर्षअघि देखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको बताए । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरेका हुन् ।

पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले प्रचण्डलाई कटाक्ष गरेका थिए ।