प्रचण्डसँग मिलेर चुनाव लड्ने ईश्वर पोखरेलको इच्छा - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्डसँग मिलेर चुनाव लड्ने ईश्वर पोखरेलको इच्छा



काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् ।

सिन्धुपाल्चोकको खाडीचौरमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताए ।

ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उनले वैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा लामाले वैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गरे । रासस