बास्कोटाले दिए प्रचण्डलाई कडा चेतावनी - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

बास्कोटाले दिए प्रचण्डलाई कडा चेतावनी



काठमाडौं- नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । बास्कोटाले प्रचण्ड विदेशीको इसारामा तानाबाना बुनेको आसयमा स्टाटस लेख्दै चेतावनी दिएका हुन् ।

पत्नीको उपचारका लागि भारत गएका प्रचण्डले विदेशीको इसारामा काम गरे राजनीतिक शक्ति संघर्ष कष्टकर बन्न सक्ने चेतावनी दिएका छन्। प्रचण्ड भारतमा रहँदा भारतीय राजनीतिज्ञहरुसँग भेटघाट गरेको भनेर कतिपय सामाजिक सञ्जाल प्रयाेगकर्ताले आशंका गरिरहँदा बास्काेटाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डप्रति कटाक्ष गरेका हुन्।

बास्कोटाले लेखेका छन्, ‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दहालको उपचार सफल होस, शुभकामना। तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दहाल फर्के भने राजनीतिक शक्तिसङघर्षले कष्टकर बाटो समाउने निश्चित छ।’

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि पुस २० गते भारतको मुम्बई लगिएको थियाे।

श्रीमतीको स्वास्थ्य अवस्थाको जटिल बनेपछि छोरीसंग पठाउन लागेका प्रचण्ड सीताले नमानेपछि संगै गएको प्रचण्डको सचिवालयले जनाएको थियो ।