वामदेव गौतमले पाए नयाँ जिम्मेवारी
काठमाडौँ- नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौमतले नयाँ जिम्मेवारी पाएका छन् ।
गौतम राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन भएका हुन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले गौतमलाई दिगो विकास समितिमा मनोनयन गरेको हो ।
गौतमलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम दिगो विकास समितिमा मनोनयन गरिएको छ ।