वामदेव गौतमले पाए नयाँ जिम्मेवारी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

वामदेव गौतमले पाए नयाँ जिम्मेवारी



काठमाडौँ- नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौमतले नयाँ जिम्मेवारी पाएका छन् ।

गौतम राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन भएका हुन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले गौतमलाई दिगो विकास समितिमा मनोनयन गरेको हो ।

गौतमलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम दिगो विकास समितिमा मनोनयन गरिएको छ ।