जापानमा आपत्काल घोषणा - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

जापानमा आपत्काल घोषणा



एजेन्सी- जापानमा नयाँ प्रकृतिको कोरोना भाइरस संक्रमण ह्वात्तै बढेपछि आपत्काल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण उच्च भएका आएका टोकियो र आसपासका तीन प्रिफेक्चरका आपतकालको घोषणा गरेका छन्।

आपतकाल जनवरी ८ देखि फेब्रअरी ७ सम्म लागू हुनेछ । आपतकाल लागू भएपछि स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ।

रेस्टुरेन्ट र बारहरुलाई साँझ ७ बजेदेखि अल्कोहल विक्री वितरण बन्द गर्न र साँझ ८ बजे पसल पूर्ण रूपमा बन्द गर्न भनिएको छ। आपतकाल टोकियो, र आसपासका खानागावा, चिबा र साइतामा प्रिफेक्चरमा लागू हुनेछ। यस्तै कार्यालयमा आएर काम गर्ने कर्मचारीको संख्या ७० प्रतिशत कम गर्ने सरकारी तयारी छ।

नियमअनुसार पसल बन्द नगर्नेलाई कारबाही गरिनेसमेत चेतावनी दिइएको छ। विश्वविद्यालयका प्रवेश परीक्षाहरु भने यही महिनाको अन्त्यतिर गरिने बताइएको छ।

सरकारले पब, बार र रेस्टुरेन्टहरुलाई अनुरोध मानेर व्यवसाय सञ्चालन कम गरेबापत यसअघि दिँदै आएको दैनिक ४० हजार येन सहुलियत बढाएर अधिकतम् ६० हजार येनमा पुर्याउने भएको छ।

यसअघि अप्रिलमा लागू भएको आपतकालभन्दा यो पटक अलि खुकुलो गरिएको छ।