सुवास नेम्वाङलाई देखेर गगन थापालाई दया लागेपछि... - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

सुवास नेम्वाङलाई देखेर गगन थापालाई दया लागेपछि…



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले तत्कालिन संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले संविधानमाथि कू हुँदासमेत निरिहता प्रस्तुत गरेकोमा असतुष्टी जनाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धमा तत्कालिन सभामुख नेम्वाङले बोल्न नसक्नु दुःखद भएको टिप्पणी गरेका छन् ।

‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, उनले भनेका छन्, ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर‘श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ । अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ ।’

सांस्द थापाले नेकपा संसदीय दलका उपनतासमेत रहेका नेम्वाङ आफैले बनाएको संविधानमा ‘कु’ हुँदा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने नसकेकोमा आफूलाई दया लागेको बताए ।

‘मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ । संविधान बनाएको संविधानसभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन । मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ’, नेता थापाले भनेका छन् ।