बादलले प्रचण्डलाई मौका दिने ? - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

बादलले प्रचण्डलाई मौका दिने ?



काठमाडौं- नेकपा ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान मौका दिइने बताएका छन् । उनले चुनाव आउनै लागेकाले तयार रहन सुझाव समेत दिएका छन्।

सोमबार आफ्नो समूहको चितवन जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेको नेता थापाले विघटन भइसकेको प्रतिनिधिसभा ब्युँत्याउने प्रयासले प्रधानमन्त्री बन्ने इच्छा पूरा हुन नसक्ने भन्दै कटाक्ष गरेका हुन्।

जनयुद्धका बेला प्रचण्डका सहयोद्धा थापाले पार्टीको अध्यक्ष बन्न मन लागेको हो भने प्रचण्डलाई महाधिवेशनमा जाने आँट गर्न चुनौती पनि दिए।

त्यस क्रममा नेता थापाले प्रचण्ड-नेपाल समूहले जालझेल/षडयन्त्र गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गरिरहेकाे आरोपसमेत लगाए।

बादल यसअघि प्रचण्डकै कोटाबाट मन्त्री बनेका हुन् । मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै मन्त्रीमण्डल पुनर्गठनको कुरा उठाएपछि बादलले प्रचण्डको साथ् छाडेर ओलीसंग पुगेका हुन् ।

त्यसअघि पनि बादल पटक पटक अन्य पार्टीमा गैर प्रचण्डसंगै फर्केका थिए ।