सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जान लागेका छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारत जान लागेका हुन्।

प्रचण्ड–नेपाल समूहको स्थायी समिति सदस्य मात्रिका यादवले अध्यक्ष दाहाल श्रीमतीको उपचारका लागि भारत जना लागेको बताए।

आजको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले उपचारका लागि मुम्बई जानु परेका कारण आफू भोलिको बैठकमा नआउने जानकारी गराएको उनले बताए।

‘अध्यक्ष प्रचण्डज्यूले आफू पत्नी सीता दाहालको उपचारका लागि सोमबार मुम्बइ जानु परेको स्थायी समिति बैठकमा जानकारी गराउनुभएको थियो’, उनले भने।

उनले सीता दाहालले एक्लै जान नमानेका कारण अस्पतालमा भर्ना गर्नका लागि मात्रै प्रचण्ड भारत जान लागेको जानकारी दिए।

बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। बिहीबार अस्पतालबाट डिस्चार्ज भए पछि उनी घरमै रहेकी थिइन्। उनलाई थप उपचारका लागि सोमबार भारत लग्ने तयारी भएको हो।