पार्टी फुटाउन खुमलटारमा मात्र २८० बैठक बसे: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

पार्टी फुटाउन खुमलटारमा मात्र २८० बैठक बसे: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सत्तारुढ नेकपा फुटाउन प्रचण्ड र माधव नेपालहरुले खुमलटारमा मात्र २८० वटा बैठक बसेको बसेको आरोप लगाएका छन् ।

आइतबार अनेरास्ववियुको आफ्नो समूहको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ठूला ठूला बैठक मात्रै दाहाल-नेपालले ३१५ वटा बैठक बसेको र खुद्रा बैठक ५ सयभन्दा बढी बसेको आरोप लगाएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई लाञ्छना लगाउन, सरकारलाई असफल बनाउन र कम्युनिष्ट पार्टीलाई बदनाम गराउन ३१५ वटा बैठक भएछन्।’

तीमध्ये अधिकांश बैठक खुमलटारमा भएको आरोप पनि प्रधानमन्त्री ओलीले बताए। उनले चुनाव गराएरै छाड्ने प्रतिबद्धता पनि विद्यार्थीहरुसँग व्यक्त गरेका थिए।

जहाँ सांसद भेटिन्छ समाउँदै हस्ताक्षर गराउँदै गरेको र तीन वर्ष सरकारको काम छोप्न नै सबै शक्ति खर्च गरिएको उनले बताए ।