'प्रधानमन्त्रीले वामदेवलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभयो' - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

‘प्रधानमन्त्रीले वामदेवलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभयो’



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रचण्ड-माधवमा रहेको पदको असीमित तिर्खाका कारण पार्टीमा विभाजन आएको बाताएका छन् । अनेरास्ववियू ओली समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पल लोलुपताले पार्टी विभाजनको अवस्थामा पुगेको बताए ।

आइतबार अनेरास्वियू केन्द्रीय समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा नेता ज्ञवालीले यस्तो बताएका हुन्। ‘हाम्रा केही नेताको हाम्रा कहिल्यै पूर्ति नहुने पदीय आकांक्षा आजको मुख्य समस्या हो’, उनले भने।

मन्त्री ज्ञवालीले पार्टीका हरेक कमिटीको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफ्नो लागि पद र आफ्ना व्यक्तिको लागि जिम्मेवारी र फाइदा मात्रै बार्गेनिङ गर्ने गरेको बताएका छन् ।

उनले प्रचण्ड–नेपालतर्फ संकेट गर्दै विधि र प्रक्रियाभन्दा बाहिरबाट प्रधानमन्त्री र अध्यक्ष हुन खोजेको बताए। उनले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणका लागि विशेष महाधिवेशन गरौँ भनेर प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरेको बताए।

सचिवालयदेखि स्थायी समितिको बैठकमा आफ्नो र आफ्नाका लागिमात्रै प्रचण्ड-माधवले सोचेको र मागेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषयमा जनतालेनै फैसला गरुन् भनेर संसद विघटनको कदम चालेको बताए ।

‘प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको निवासमै पुगेर विशेष महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको थियो’, उनले भने, ‘उहाँहरु महाधिवेशन पनि स्वीकार गर्नुहुन्न, नेतृत्वको लालसा पनि छाड्नु हुन्न।’

उनले खुमलटारमा प्रचण्सँग प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी बाटो खोल्न प्रस्ताव गरेको पनि ज्ञवालीले खुलासा गरे।

‘हामी त दोहोर्‍याएर प्रधानमन्त्री भयौँ उहाँ (गौतम)लाई पनि प्रधानमन्त्री हुने बाटो खोलौँ न भन्नु भयो’, उनले भने, ‘उक्त छलफलमा उपाध्यक्ष गौतम पनि सहभागी हुनुहुन्थ्यो।’