'केपी ओली हिरो हो' भन्दै राजधानीमा शक्ति प्रदर्शन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

‘केपी ओली हिरो हो’ भन्दै राजधानीमा शक्ति प्रदर्शन



काठमाडौं- सत्तारुढ नेकपामा राजनीतिक विभाजन भएसँगै पार्टीको भातृ संगठनहरु पनि विभाजित भएका छन् ।

आइतबार ओली पक्षीय अनेरास्ववियूले काठमाडौंको बबरमहलमा बृहत प्रदर्शन गरेका छन् ।अनेरास्ववियुले बृहत कार्यकर्ता भेला आयोजना गरेको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

भेलाको अगाडि निकालिएको र्‍यालीमा विद्यार्थीहरुले ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो। केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा, प्रचण्ड माधव मुर्दावाद’ जस्ता नारा लगाएका थिए।