प्रचण्ड र वामदेवको एक घण्टा वार्ता: नयाँ रणनीतिमा वामदेव - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

प्रचण्ड र वामदेवको एक घण्टा वार्ता: नयाँ रणनीतिमा वामदेव



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न गौतम ९ बजे खुमलटार पुगेका थिए । समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड-माधव समूह कतै पनि नरहेको बताएका गौतम र प्रचण्डबीच करिव १ घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वामदेव अहिले फरक रणनीतिका साथ लागिरहेका छन् । खासगरी चिनिया टोली नेपाल आएपछि नेकपामा आएको विग्रहले अर्को मोड लिनसक्ने आंकलन गरिएको छ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।

राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन्।

गौतमले अहिलेसम्म कित्ता क्लियर गरेका छैनन्। पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–माधव समूह बनेको छ।