ठाकुर गैरेको नेतृत्वमा ओलीको कदमविरुद्ध संघर्ष समिति गठन
बुटवल- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश संघर्ष समिति गथान भएको छ ।
लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रदेशमा संघर्षका कार्यक्रम गर्न संघर्ष समिति गठन गरेको हो । गैरेको संयोजकत्वमा पाँच सय एक सदस्यीय संघर्ष समिति गठन गरिएको बताइएको छ ।
नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको प्रदेश कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेशभरि संघर्ष गर्ने निणर्य गर्दै समिति गठन गरेको बताइएको छ ।
स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुनलगायतको उपस्थितिमा भएको बैठकले प्रदेशमा पार्टीका काम व्यवस्थित गर्न राय–सुझाब संकलन गर्ने निर्णयसमेत गरेको छ ।