प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई टेलीफोन - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई टेलीफोन



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् । नेकपामा विवाद चरम बनेपछि उनीहरूबीच संवाद भएको थिएन ।

संसद विघटनको दिन भएको संवादपछि उनीहरूबीच पहिलो पटक फोनमा संवाद भएको छ । बुधबार प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्नका लागि फोन सम्पर्क गरेको बताइएको छ । ओलीले प्रचण्डसंग फोन गर्दै सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको बताइएको छ ।

छोरा प्रकाश दाहालको निधनपछि अनेक रोगले थलिएकी सीताको स्वास्थ्यमा समस्या आएपछि बुधबार नै मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।