बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ ।
बैठक केहीबेर अगाडी मात्र सुरु भएको जनाइएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।