प्रचण्डसँग गरेका सम्झौताले ब्रिफकेस भरियो: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्डसँग गरेका सम्झौताले ब्रिफकेस भरियो: प्रधानमन्त्री ओली



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग आफूले गरेको सम्झौताले ब्रिफकेस नै भरिएको बताएका छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘जहिल्यै सम्झौता। जहिल्यै सम्झौता। मेरो एउटा ब्रिफकेस नै भरिएको छ प्रचण्डसँगका सम्झौताले गर्दा,’ प्रधानमन्त्री ओलीले भने।

ओलीले भने,’आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने । प्रधानमन्त्री तपाई नै हुनुस् जनताले तपाईलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ति पनि गरेँ कि कमरेड भन्दै आउनुभयो ।’

प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोपसमेत लगाएका छन् ।