प्रचण्ड-नेपालले पदका लागि गणतन्त्र मास्न खोजे: मन्त्री भट्ट - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्ड-नेपालले पदका लागि गणतन्त्र मास्न खोजे: मन्त्री भट्ट



काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पदका लागि गणतन्त्र मास्न खोजेको आरोप लगाएका छन् ।

ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै नेता भट्टले प्रचण्डले जनयुद्ध र जनआन्दोलनका घाइतेलाई नसम्झिएको पनि बताएका छन्।

‘देशलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ दर्शनमा कसरी अगाडि बढाउने भन्ने छलफलमा व्यस्त हुनुपर्ने नेताहरू महाधिवेसनसम्म पनि पर्खिन नसकेर छट्पटिएर सडकमा पुग्नु भएको छ,’ मन्त्री भट्टले भने, ‘त्यो वैचारिक विचलन हो।’

‘वरिष्ठ नेतालाई तेस्रो होइन, दोस्रो नै हुनुपर्यो। अनि कार्यकारीलाई अहिल्यै प्रधानमन्त्री हुनुपर्यो,’ उनले भने, ‘अहिले केटाकेटीपन देखाएर माइतिघर मण्डलामा प्रधानमन्त्री चाहियो भनेर लडिबुडी खेल्दै हुनुन्छ।’